• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती आधारभूत अस्पतालको नयाँ मेसुमा डा. हरि पाण्डे नियुक्त




तुलबहादुर कवँर मगर
सिसहनियाँ। दाङको राप्ती गाउँपालिका–५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालको नयाँ मेडिकल सुपरिटेण्डेन्ट (मेसु) मा एमडिजिपी डा. हरि पाण्डे नियुक्त हुनु भएको छ।अस्पताल विकास समितिको बैठकले सिनियरताको आधारमा नबौ‌ं तहका डा. पाण्डेलाई मेसुमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि सो अस्पतालका मेसु आठौं तहका डा. श्रवण चौधरी रहनु भएको थियो।

राप्ती गाउँपालिकाका अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश बिष्टले डा. पाण्डेलाई नियुक्ति पत्र प्रदान गर्दै उहाँको कार्यकालमा अस्पतालले सेवा गुणस्तरमा थप सुधार गर्ने अपेक्षा व्यक्त गर्नुभयो।त्यस्तै उहाँले स्थानीय तहको प्राथमिकता स्वास्थ्य क्षेत्र भएकाले गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो।

त्यस्तै, नवनियुक्त मेसु डा. हरि पाण्डेले आफ्नो कार्यकालमा अस्पतालको जनशक्ति र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन ध्यान दिने बताउनुभयो। उहाँले जनताले नजिकबाट सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्न सबैसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Facebook Comments