• २९ पुष २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रेमिटेन्स आप्रवाहमा नयाँ रेकर्ड: एक वर्षमा सवा १७ खर्ब रुपैयाँ भित्रियो




वैदेशिक रोजगार वृद्धि भएपछि मुलुकमा आउने विप्रेषण (रेमिटेन्स)ले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा विप्रेषण आप्रवाह १९ दशमलव २ प्रतिशतले वृद्धि भई एक वर्षको अवधिमा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. नरबहादुर थापाका अनुसार रेमिटेन्सलाई सही ढंगले देशविकासमा प्रयोग गर्नुपर्छ। उनले भने, “देशविकास गर्ने युवा विदेश जानु भनेको चिन्ताको विषय हो। तत्कालका लागि फाइदा भए पनि दिगो र टिकाउ नहुने भएकाले सरकारले यस विषयमा गम्भीर भएर सोच्नुपर्छ।”

२०७२ असारमा विप्रेषण आप्रवाह एक खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम एक खर्ब १७ अर्ब ७८ करोड रुपैयाँ थियो। गत आर्थिक वर्षमा नेपालबाट वैदेशिक रोजगारीका लागि आठ लाख ३९ हजार दुई सय ६६ जना विदेश गएका छन्।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या पाँच लाख पाँच हजार नौ सय ५७ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या तीन लाख ३३ हजार तीन सय नौ रहेको छ। भिजिट भिसा वा अध्ययन तथा व्यवसायका लागि बिदेसिएका नेपालीबाट पनि विप्रेषण प्राप्त हुने गरेको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा रेमिटेन्स आप्रवाह वृद्धि भएपछि विदेशी विनिमय सञ्चिति ३१ दशमलव २ प्रतिशतले बढेर २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २७ दशमलव ७ प्रतिशतले बढी हो।

बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्षमा १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिन्छ। आर्थिक वर्ष २०८१/८२ मा चालु खाता चार खर्ब नौ अर्ब २० करोड रुपैयाँले बचतमा छ, अघिल्लो वर्ष दुई खर्ब २१ अर्ब ७१ करोड रुपैयाँले बचतमा रहेको थियो।

Facebook Comments