दाङ। घोराही उपमहानगरपालिका–१५ मा वतासिनो एजुकेशनल इन्स्टिच्युटको नयाँ शाखा सञ्चालनमा आएको छ । विगत चार वर्षदेखि तुलसीपुरबाट सञ्चालन भइरहेको इन्स्टिच्युटले आइतबारदेखि घोराहीमा आफ्नो सेवा शुरु गरेको हो ।
घोराहीको कृषि विकास बैंकको उत्तरतर्फ सञ्चालनमा आएको इन्स्टिच्युटको घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष रमेश पाण्डेयले रिबन काटेर उद्घाट गरेका थिए । उद्घघाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष रमेश पाण्डेयले विदेश जाने युवा विद्यार्थीहरूको संख्या बढिरहेको समयमा नयाँ खुलेको कन्सल्टेन्सीले गुणस्तरीय सेवा दिएर सवैको मन जित्न सफल हुने बताए ।
विद्यार्थी विदेश पठाउने नाममा कतिपय इन्स्टिच्युटले नियमभन्दा विपरित काम गरिरहेको भन्दै नयाँ खुलेको वतासिनो एजुकेशनल इन्स्टिच्युटलाई नीति नियममै रहेर विश्वसनीय ढंगले काम गर्न शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका कोषाध्यक्ष जगत आचार्यले यो इन्स्टिच्युटको स्थापनाले घोराही क्षेत्रका विद्यार्थीहरूलाई विदेशी शिक्षाका अवसरहरू प्राप्त गर्न सहजता हुने बताए।
इन्स्टिच्युटका सञ्चालक विजय शर्माले जानकारी दिँदै भने कि यो संस्थाले जापान, बेलायत (युके), दक्षिण कोरिया र न्यूजिल्याण्डमा अध्ययनका लागि जान चाहने विद्यार्थीको सहयोगीका रुपमा काम गर्नका लागि घोराही शाखा कार्यालय सञ्चालन गरिएको बताए । सञ्चालनक शरद भण्डारी ‘शुभम’को स्वागत मन्तव्यबाट भएको कार्यक्रमको सहजीकरण कमल गाउँलेले गरेका थिए । वतासिनो एजुकेशनल इन्स्टिच्युटको सञ्चालकमा शरद भण्डारी ‘शुगम’, विजय शर्मा, शम्भु रेग्मी र सन्तोष भुसाल रहेका छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
