श्रवण कुमार यादव
दाङ। दाङ जिल्लाको लमही नगरपालिका–६ स्थित देउखुरी पब्लिक स्कुलमा तेक्वान्दो ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ।
नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रमअनुसार आयोजना गरिएको सो ग्रेडिङ कार्यक्रममा स्कुलका प्रधानाध्यापक भूमाण्डप के.सी., लुम्बिनी प्रदेश तेक्वान्दो संघका पूर्व सदस्य किरण पौडेल, डोजाङ प्रमुख कुबिर गिरी, प्रशिक्षकद्वय ऋषि राज चौधरी तथा बसन्ती चौधरीसहित खेलाडी विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममार्फत विभिन्न तहका खेलाडीले आफ्नो स्तरअनुसार ग्रेडिङ परीक्षा दिएका थिए। विद्यार्थीमा अनुशासन, आत्मविश्वास र खेलप्रतिको रुचि बढाउने अपेक्षाले स्कुलमा हाल बेलुकी सत्रअन्तर्गत दुई सिफ्टमा प्रशिक्षक कुबिर गिरीद्वारा नियमित तेक्वान्दो कक्षा सञ्चालन भइरहेको विद्यालयले जनाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
