दाङ । प्रवासी जनकल्याण समितिको आयोजनामा आगामी अगष्ट २४ का दिन भारतको बैंगलोरमा नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज–२०८२ अवसरमा “तीज धमाका” कार्यक्रम भव्य रूपमा आयोजना हुने भएको छ।
कार्यक्रममा नेपालमा स्टेज क्विनका नामले चर्चित गायिका भुमिका गिरी तथा लोकप्रिय गायक कुलेन्द्र विष्वकर्माले विशेष प्रस्तुति दिने भएका छन्। तीज गीतका चर्चित आवाज रहेका यी दुई कलाकारले आफ्नो प्रस्तुति मार्फत प्रवासी नेपालीलाई देशको संस्कृतिसँग जोड्ने अपेक्षा गरिएको छ।
आयोजक समितिका अनुसार, तीजको अवसरमा सांगीतिक प्रस्तुति मात्र नभई नृत्य, सांस्कृतिक प्रदर्शन तथा सामूहिक भेटघाट कार्यक्रमसमेत हुनेछन्। यसले बेंगलोरमा रहेका नेपाली समुदायलाई आफ्नो मौलिक चाडपर्वलाई भुल्न नदिने र आपसी सम्बन्ध सुदृढ बनाउन सहयोग गर्ने विश्वास लिइएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
