रोल्पा । रोल्पाको गंगादेब गाउँपालिकामा नेपाली काँग्रेसका टोल सभापति ज्ञानबहादुर वलीले नेपाली काग्रेस परित्याग गरेका छन । उनले नेकपा (माओवादी केन्द्र) गंगादेब गाउँपालिका वडा नं २ समितिको अधिवेशनमा पुगेर माओवादी केन्द्र प्रवेश गरेका हुन ।
ओइलाम टोल सभापति ज्ञानबहादुर वली र स्वतन्त्र बिचार समुहका सुनिल वलीलाई लुम्बिनी प्रदेश उपाध्यक्ष बिरबहादुर खत्रीले टीका माला अबिर लगाएर माओवादी केन्द्रमा स्वागत गरेका हुन । ज्ञानबहादुर वली नेपाली काग्रेस गंगादेब गाउँपालिका वडा नं २ साविक ओत ८/९ ओइलामका टोल सभापति हुन ।
उनले पार्टी प्रवेश पछि सम्बोधन गर्दै नेपाली काँग्रेस पार्टी राम्रो भएको तर स्थानीय पार्टी प्रतिनिधि र सत्ताका प्रतिनिधि फोहोरको डंगुरमा डुबेको बताए । आफुलाइ ब्यक्तिगतरुपमा कसैसँग असन्तुष्टि नरहेको तर गाउँपालिका र ओइलामको समग्र विकासमा स्थानिय सरकारले न्यायोचित पहल गर्न नसकेको र गाउँपालिका पार्टीले उपयुक्त पहल लिन नसकेकाले पार्टी नै छोडेको बताए ।
गंगादेबको न्यायोचित विकास गर्ने पार्टीलाई साथ रहने र त्यो काम माओवादी केन्द्रले गर्ने वलीले बताए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
