• १० माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मुसिकोट १० मा पहिरोः चार घरमा क्षति, आठ घर उच्च जोखिममा




रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० मा लगातार वर्षाको कारण चार घर भत्किएका छन् । घर माथीबाट आएको पहिरोको कारण चौर टोलका चार घर भत्किएका हुन् ।

पहिरोले तल्लो चौर टोलका गणेश ओली, उमेश ओली, शेरबहादुर ओली र लालबहादुर ओलीको घर भत्किएको वडा अध्यक्ष धनबहादुर खड्का `बसन्त´ले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरोले गणेशको घरमा रहेका तीन बाख्रा, एक खसी, खाद्यन्नसहित लत्ताकपडा पहिरोले घरसँगै पुरेको छ । आठ घर परिवार भने पहिरोको उच्च जोखिममा रहेका छन । पहिरो शुक्रबार बिहान गएकाले मानवीय क्षेती भने भएको छैन् । उक्त गाउँमा पहिरोको जोखिम रहेकाले स्थानीयलाई सुरक्षित ठाँउमा बस्न सचेत बनाइएको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

Facebook Comments