घोराही । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यकन (लिजा)मा लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले जितेका पालिका उत्कृष्ट भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार लुम्बिनीका ७४ गाउँपालिकामध्ये माओवादी केन्द्रले जितेका गाउँपालिका उत्कृष्टमा परेका छन् ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका ९० अंक ल्याउँदै लिजामा लुम्बिनी प्रदेशमा पहिलो, पाल्पाको रिब्दिकोट गाउँपालिका ८७.५ अकं ल्याउदैँ दोस्रो, गुल्मीको धुर्कोट गाउँपालिका ८७.५० अंक ल्याउदैँ तेस्रो र दाङको राप्ती गाउँपालिका तथा रुकुमपूर्वको भूमे गाउँपालिका ८७.२५ अंक ल्याउँदै चौथो भएका छन् ।

रुरुक्षेत्रमा माओवादी केन्द्रका नेताहरु यदु ज्ञवाली, रिब्दिकोटमा नारायण बहादुर कार्की, धुर्कोटमा भुपाल पोखरेल, राप्ती गाउँपालिकामा प्रकाश बिष्ट र भूमे गाउँपालिकाको नेतृत्व होमप्रसाद श्रेष्ठगर्नुभएको छ ।
प्रदेशमा प्रथम भएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले सम्पूर्ण पालिकाबासी, कर्मचारी एवं जनप्रतिनिधिहरुको सहयोगका कारण यो नजिता हाँसिल गरेको प्रतिक्रिया दिए । अहिलेको नजिताले आगामी दिनमा पनि थप काम गर्ने उर्जा मिलेको बताउनुभयो ।
देशभरमा ९१.७५ अकं ल्याउदैँ धादिङको बेनिघाट गाउँपालिका प्रथम भएको छ । यसको पनि माओवादी केन्द्रले नै नेतृत्व गरेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
