• २८ पुष २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
स्थानीय तह मूल्यांकनमा दाङमा राप्ती गाउँपालिका पहिलो




दाङ। स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनले प्रकाशन गरेको आर्थिक वर्ष २०८०/०८१ मा दाङको १० स्थानीय तहमा राप्ती गाउँपालिका प्रथम भएको छ ।

राप्ती गाउँपालिका शासकीय प्रबन्धमा ८ सङ्गठन तथा प्रशासनमा ७, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ९, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ९.७५, सेवा प्रवाहमा १३, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वधारमा ११, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ७.५० र सहकार्य र समन्वयमा ५ गरी कूल ८७.२५ प्रतिशत अङ्क पाएको हो ।

यस्तै, घोराही उपमहानगरपालिका ८७ प्रतिशत अङ्क प्राप्त गरि दोस्रो र ८६.५० प्रतिशत अङ्क प्राप्त गरि बंगलाचुली गाउँपालिका तेस्रो भएको छ।

Facebook Comments