दाङ। नेकपा माओवादी केन्द्रनिकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दंगिशरण गाउँपालिकाको तेस्रो सम्मेलन तथा तिज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा संघका नयाँ गाउँपालिका कमिटी निर्माण गरिएको छ।

सम्मेलनले ७ जना पदाधिकारी र १४ जना सदस्य रहने गरी कुल २१ सदस्यीय कमिटी गठन गरेको हो। अध्यक्षमा मायाँ रानालाई चयन गरिएको छ भने उपाध्यक्षमा लक्ष्मी चौधरी, बिना चौधरी र रामप्यारी चौधरी रहेका छन्। राधिका परियार सचिब, उर्मिला चौधरी सह-सचिब र लक्ष्मी नेपाली कोषाध्यक्षमा निर्वाचित भएका छन्।
सम्मेलनका सहभागीहरूले निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
