• ८ माघ २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
डोल्पामा च्याउ खाँदा रोल्पाका छ जना विरामी




डोल्पा । डोल्पामा जंगली च्याउ खाँदा रोल्पाका छ जना बिरामी परेका छन् ।

बिरामी पर्नेमा रोल्पा जिल्ला थवाङ गाउँपालिका-४ घर भएका ३० वर्षीय लालकुमार रोका, ३७ वर्षीया सिमा रोका, ५० वर्षीय गौरे रोका, ६० वर्षीया रुपी रोकाय रोका, ७० वर्षीया बिमला घर्तीमगर र सुनछहरी गाउँपालिका १ घर भएका ३५ वर्षीय प्रेम घर्तीमगर रहेको प्रहरीले जनाएको छ ।

बिरामी परेका सबै ठुलिभेरी नगरपालिका-३ दुनैमा बस्दै आएका थिए ।

बिरामी परेका सबैको जिल्ला अस्पताल डोल्पामा करिब ११ घन्टाको उपचारपछि बिहीबार दिउँसो डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्काले जानकारी दिए ।

बर्खाको समयमा जताततै च्याउ पाइने र बिषालु च्याउले ज्याने लिनसक्ने खतरा हुने भएकाले पहिचान गरेरमात्र च्याउको प्रयोग गर्न सर्वसाधारणलाई डीएसपी खड्काले आग्रह गरे ।

Facebook Comments