विपक्षी दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने कांग्रेस र एमालेको प्रयास असफल पार्ने निर्णय गरेका छन्।
माओवादीको आह्वानमा मंगलबार बसेको विपक्षी दलहरूको बैठकले सत्तारुढ दलहरूले उपसभामुख हटाउने कदमको घोर भर्त्सना गर्दै यसलाई असफल पार्न सबैलाई आह्वान गरेको हो।
माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भन्नुभयो, “सत्ता गठबन्धनले उपसभामुख हटाएर संवैधानिक परिषद् कब्जा गर्ने नियत राखेको छ। विपक्षी दलहरूले यसका विरुद्ध प्रतिवाद गर्नेछन्।”
उपसभामुख रानालाई हटाउन सत्तारुढ दलहरूले खाली कागजमा हस्ताक्षर अभियान चलाएको घटनाले लोकतन्त्रको धज्जी उडाएको उहाँले बताउनुभयो। उहाँले थप्नुभयो, “यो कदम उपसभामुखको पद अनुकूल व्यवहार नगरेको विषयसँग सम्बन्धित नभई आफू अनुकूल संवैधानिक निकायमा बहुमत जुटाउने प्रयास हो। यसले देशलाई संकटग्रस्त बनाउँदैछ।”
बैठकमा माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी र आजपाले सहभागिता जनाएका थिए। उनीहरूले संसद्मा सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका छन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
