• २५ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा १२ हजारलाई कोरोना विरुद्धको खोप लगाइने




दाङ। दाङमा बाह्र हजारलाई कोभिड–१९ को खोप लगाइने भएको छ। आगामी भदौ २ गतेदेखि ४ गतेसम्म रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई १२ वर्ष माथिका बालबालिका, वयस्क र ज्येष्ठ नागरिकलाई खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ।

नेपालमा पछिल्लो समयमा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन भेरियन्ट’ विरुद्ध यो खोप दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख ठगबहादुर गुरुङले जानकारी दिनुभयो ।

खोप लगाउनका लागि दशवटै पालिकामा विभिन्न ९५ वटा खोप केन्द्र ताकिएको छ । जसमा घोराही उपमहानगरपालिकामा १५ वटा, तुलसीपुरमा २५ वटा, लमहीमा ८, राप्ती गाउँपालिकामा ९, गढवा गाउँपालिकामा ९, राजपुर गाउँपालिकामा ४, वंगलाचाली गाउँपालिकामा ८, बबई गाउँपालिकामा ४, शान्तिनगर गाउँपालिकामा ५ र दंगीशरण गाउँपालिकामा ७ वटा खोप केन्द्र तोकिएको स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानु ज्योती ओलीले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय प्रमुख गुरुङले कोभिडका विभिन्न भेरियन्टबाट वच्ने एक मात्र उपाय शरीरमा यससँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमता बढाउनु भएको र यसको उपाय खोप नै भएको भन्दै यो अभियानमा जोडिन सबैलाई आग्रह गर्नुभयो।

Facebook Comments