देउखुरी। देउखुरी उद्योग बाणिज्य संघले विभिन्न उद्योग र व्यवसायीहरुसँग शुक्रबार छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।
संघले विगतमा चाडपर्व नजिकिँदा उद्योग तथा व्यवसायमा अनुगमन गर्दै गुणस्तरहीन सामान फेला परे जफत गर्ने तथा कारबाही गर्ने कार्य गर्दै आएको छ। तर, यस पटक व्यवसायीलाई यस्ता समस्याबाट मुक्त गर्न र गुणस्तर सुधारका उपायबारे जानकारी दिन अन्तरक्रिया आयोजना गर्न लागिएको हो।
यसका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जको टोलीलाई लमही बोलाइने छ। सो टोलीले देउखुरी उद्योग बाणिज्य संघसँग आवद्ध साना तथा मझौला व्यापारी, उद्योग, होटल लगायतका व्यवसायीहरुसँग विस्तृत छलफल गर्नेछ, संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले जानकारी दिए।
कार्यक्रम भोलि शुक्रबार (श्रावण ३०) दिउँसो १ बजे लमहीस्थित होटल आश्रय प्रालिमा हुने भएकाले सम्पूर्ण उद्योगी र व्यवसायीलाई उपस्थित रहन संघले अनुरोध गरेको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
