• २५ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सफ्टवेयर इन्जिनियरहरु माओवादी केन्द्रमा प्रवेश




काठमाडौं: प्रविधि र उद्यमशीलतामा सक्रिय युवाहरू नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। प्रवेश गर्नेहरूमा सफ्टवेयर इन्जिनियर धाम भट्टराई, प्रभात कर्ण, सञ्चारकर्मी तुलसी बसकोटा, जनता पेन्टका निर्देशक उज्जल पाण्डे र होमकुमार राना रहेका छन्।

उनीहरूलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी निवास खुमलटारमा पार्टीमा स्वागत गरे। नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले प्रविधि र उद्यमशीलतामा सक्रिय युवाहरूको प्रवेशले माओवादी केन्द्रलाई अझ सशक्त बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

अध्यक्ष प्रचण्डले दलाल पूँजीलाई निरुत्साहित गर्दै राष्ट्रिय पूँजीको संरक्षणका लागि माओवादी केन्द्र निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै, प्रवेश गर्ने युवाहरूलाई आगामी दिनमा पार्टीको नीतिगत तथा संगठनात्मक अभियानमा सक्रिय योगदान गर्दै उत्पादन र उद्यमशीलतामा लाग्न आग्रह गरे।

Facebook Comments