घोराही । महेन्द्र बहुमुखी क्याम्पस दाङमा विएससी सिएसआईटी र बिसिएमा अध्ययनरत विद्यार्थीहरूले अध्ययनसँगै कमाउने अवसर पाएका छन् । प्राविधिक सीप र उद्यमशील सोचको संयोजनमार्फत उनीहरूले नयाँ–नयाँ परियोजना निर्माण गरी व्यावहारिक अनुभव बटुलिरहेका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन, महेन्द्र बहुमुखी क्याम्पस दाङको आयोजना एवं क्याम्पस प्रमुख डा. नारायण पन्थीको प्रमुख आतिथ्यमा बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा विद्यार्थीहरूले आफ्ना उपलब्धिहरू प्रस्तुत गरेका थियो ।
विएससी सिएसआईटी तेस्रो सेमेस्टरकी निरुता आचार्यले ‘लबलाइन्स’ नामक मोबाइल एप विकास गरी गुगल प्ले स्टोरमा सार्वजनिक गरेको जानकारी दिनुभएको थियो । यसले उहाँलाई नयाँ चुनौतीहरू स्वीकार गर्न प्रेरित गरेको अनुभव सुनाउनु भएको थियो ।
विएससी सिएसआईटी छैटौं सेमेस्टरका आयुस अधिकारीले ‘फाइनान्स एफ’ एप निर्माण गरेको र सातौं सेमेस्टरका जगदिश पौडेलले ‘प्रश्नपत्रको संगालो – सिएसआईटी प्रो’ नामक एप लन्च गरेको जानकारी दिनुभयो । यी एपहरू हाल १०० भन्दा बढी सक्रिय प्रयोगकर्ताले प्रयोग गरिरहेका उनिहरुको भनाई थियो ।
त्यस्तै, विएससी सिएसआईटी छैटौं सेमेस्टरका जगदिश वलि, निर्देश तिवारी, कमल भट्टराई तथा बि।सि।ए। चौथो सेमेस्टरका संजय कार्कीले वेबसाइट डिजाइनमार्फत आम्दानी गरिरहेको बताउनुभएको थियो । विद्यार्थीहरूले यस किसिमको व्यावहारिक अवसर प्रदान गरेकोमा क्याम्पस प्रशासन, स्वतन्त्र विद्यार्थी युनियन र सिएसए क्लबलाई धन्यवाद समेत ज्ञापन गरेका थिए ।
क्याम्पस स्ववियु सभापती दिपेश डिसीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक कृष्णदेव थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण सचिव सागर पण्डितले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
