रोल्पा । घोराहीबाट रोल्पाको तालाबाङको लागि छुटेको लु १ ज ३६१४ नम्बरको फोर्स गाडी माडी २ व्याङखोलामा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
दुर्घटनामा मानवीय क्षति नभएको र गाडी क्षतिग्रस्त भएको खबर प्राप्त भएको घर्तीगाउँस्थित पत्रकार बुद्धिमान ओलीले जानकारी दिनुभएको छ ।
घाइतेहरुमा माडी १ का तिलाराम खत्री, माडी ३ का कमल वली र कोकिला वली तथा पवित्रा रोका रहेका छन् भने एक जना प्रहरी जवानको नाम खुल्न सकेको छैन ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
