दाङ। नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरी १६ जना नेताकार्यकर्ताले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
दाङको बबई गाउँपालिका–२ राक्सी गाउँका एमाले र कांग्रेस नेताकार्यकर्ताले माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। नेकपा माओवादी केन्द्र बबई–२ को आयोजनामा भएको जनभेटघाट कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य धनबहादुर मास्कीले नवप्रवेशीलाई टिका लगाएर पार्टीमा स्वागत गरेका हुन्।

कार्यक्रममा एक नवप्रवेशीले कांग्रेस र एमाले नेतृत्वको सरकारले भ्रष्टाचार गर्नुका साथै भ्रष्टाचारिलाई संरक्षण गर्ने गरेको आरोप लगाए। उनले अहिले माओवादी केन्द्रले देशव्यापी सुशासनको अभियान थालेकाले आफूहरू माओवादी केन्द्रमा प्रवेश गरेको बताए।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य मास्कीले गाउँको विकासमा पहल गर्ने र पार्टीको सुशासन अभियानलाई गाउँ–गाउँसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा लुम्बिनी प्रदेश सचिवालय सदस्य भीमबहादुर वली, अखिल (क्रान्तिकारी) केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष अशोक भण्डारी, बबई गाउँपालिका पार्टी उपाध्यक्ष यज्ञ वलीलगायतको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण एकलाल घर्तिले गरेका थिए।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
