• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
४४०० मिटर उचाइमा वाइसिएल र क्रान्तिकारीको स्वास्थ्य शिविर




योङ कम्युनिष्ट लिग (वाईसीएल) र अखिल (क्रान्तिकारी) को रसुवा जिल्ला कार्यसमितिले ४४०० मिटर उचाइमा लाग्ने गोसाइँकुण्ड मेलामा स्वास्थ्य शिविर सञ्चालन गरेका छन्।

स्वास्थ्य शिविरमा २५ सयभन्दा बढी व्यक्तिले स्वास्थ्य परीक्षण गराएर आवश्यकताअनुसार औषधि लिएका छन्। उचाइजन्य समस्या र भौगोलिक कठिनाइका बीच सञ्चालित शिविरमार्फत पाँच जना गम्भीर बिरामीको उद्धारसमेत गरिएको छ।

जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्डमा हरेक वर्ष ठूलो मेला लाग्ने गर्छ। यस मेलामा आन्तरिक तथा विदेशी पर्यटकको सहभागिता रहने गर्दछ। सहभागीहरूमध्ये टाउको दुख्ने, चक्कर लाग्ने, बान्ता हुने, ज्वरो आउनेजस्ता लक्षण देखिने भएकाले स्वास्थ्य सेवा उपलब्ध गराइएको हो।

स्थानीयवासीहरूले वाईसीएल र अखिल (क्रान्तिकारी)ले सञ्चालन गरेको यस स्वास्थ्य शिविरको प्रशंसा गरेका छन्।

Facebook Comments