घोराही । घोराहीमा प्रतीक पोलिक्लिनिकको उद्घाटन गरिएको छ। घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डाँगीले पोलिक्लिनिकको उद्घाटन गर्नुभयो।
प्रमुख अतिथि डाँगीले मानव सेवा सबैभन्दा ठूलो काम भएकाले व्यवसायसँगै मानवीय सेवालाई केन्द्रमा राख्न आग्रह गर्नुभयो। उहाँले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवा उपलब्ध गराउने दायित्व राज्यको भए पनि यसमा निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका रहने भएकाले सेवाभावलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो।

पोलिक्लिनिकका सञ्चालक डा. प्रतीक पौडेलले भिडियो एक्स–रेसहितका सेवा अघि बढाइने जानकारी दिँदै विपन्न नागरिकका लागि छुटको व्यवस्था गरिने बताउनुभयो। स्वास्थ्य कार्यालय दाङका अधिकृत शरद घिमिरेले पोलिक्लिनिकले दिने छुटको अभिलेख राख्न आग्रह गर्दै विपन्नलाई गरिने छुट सेवाको सरकारले उचित मूल्याङ्कन गर्ने जानकारी दिनुभयो।
लोकबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन दिपु केसीले गर्नुभयो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
