• ५ असार २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
आइटीको उत्कृष्ट गन्तव्य अम्बिकेश्वरी क्याम्पस




घोराही । दाङको घोराही उपमहानगरपालिका- १४ झिंगौरास्थित अम्बिकेश्वरी क्याम्पस आइटी क्षेत्रको उत्कृष्ट गन्तव्य बन्दै गएको छ ।  सूचना तथा प्रविधिको विकाससँगै दाङलाई आइटीको हव बनाउने उद्देश्यकासाथ अम्बिकेश्वरी क्याम्पस २०६९ साल स्थापना भएको हो । क्याम्पसले आफ्नो स्थापना कालदेखिनै  आइटी क्षेत्रको शिक्षालाई  गुणस्तरीयसँगै व्यवहारिक शिक्षालाई प्राथमिकताकासाथ अगाडि बढाएको  छ । यो क्याम्पस दाङमात्र नभएर मध्यपश्चिम क्षेत्रमा आइटी शिक्षाको अग्रणी संस्थाको रुपमा परिचीत  रहेको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त अम्बिकेश्वरी क्याम्पसले राप्ती अञ्चल र मध्यपश्चिमको आइटी क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याएको  क्याम्पस प्रमुख चन्द्रप्रकाश खनालले बताउनुभयो ।  `यहाँबाट उत्पादित आइटी जनशक्तिनै अहिले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सफल भइरहेका छन्,´ उहाँले भन्नुभयो   `क्याम्पसको भौतिक संरचना, प्रशस्त फ्याकल्टी, उद्योगसँगको सहकार्य र अन्तर्राष्ट्रिय उपलब्धिहरूले थप क्याम्पसको भविष्य उज्ज्वल बनाएको  छ ।´

क्याम्पसले आफ्नो स्थापना कालदेखिनै देशलाई आवश्यक पर्ने आइटी क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको उहाँले जानकारी दिनुभयो । क्याम्पसबाट उत्पादन भएका जनशक्तिहरु स्थानीय सरकार, अदालत, बैंक, आइएसपी, र आइटी कम्पनीहरूमा कार्यरत रहेको समेत क्याम्पस प्रमुख खनालले बताउनुभयो । साथै क्याम्पसमा शैक्षिकसत्र २०८२ का लागि बिसिए, बिआइटीएम, बिएस्सी सिएस आइटी कार्यक्रमहरुमा भर्ना खुला गरिएको उहाँले बताउनुभयो । यी कार्यक्रमहरुमा अध्ययन गर्न चाहने विद्यार्थीहरु प्लसटु उत्तीर्ण भएको हुनुपर्ने छ, भने बिएस्सी सिएस आइटी कार्यक्रमका लागि प्लुसटुतर्फ विज्ञान संकायमा सी ग्रेड, बिआइटीएम र बिसिए कार्यक्रमका लागि प्लसटुतर्फ सबै विषयमा न्यूनतम डिप्लस प्राप्त गरेको हुनुपर्ने क्याम्पस प्रशासनले बताएको छ ।

अम्बिकेश्वरी क्याम्पस आइटीको सफलताका प्रमुख आधारहरू यस्ता रहेका छन् :

1.- उत्पादित जनशक्ति स्थानीय सरकार अदालत, बैंक, ISP, र IT कम्पनीहरूमा कार्यरत छन्।

2. भौतिक संरचना र फ्याकल्टीको गुणस्तर

– आधुनिक कम्प्युटर ल्याब, र डिजिटल क्लास रूम उपलब्ध।

– अनुभवी बिशेष क्षेत्रका शिक्षकहरूले विद्यार्थीहरूलाई रिसर्च, प्रोजेक्ट-बेस्ड लर्निंग, र इनोवेसनप्रति प्रेरित गर्छन्।

3. IT उद्योगसँग सीधा सहकार्य- स्थानीय र राष्ट्रिय IT कम्पनीहरू(ISPs, Software Houses, Digital Agencies) संग इन्टर्नशिप, जब सपोर्ट, र प्लेसमेन्टको सुविधा।

– ह्याकाथन, सेमिनार, र कार्यशालाआयोजना गरी विद्यार्थीहरूलाई नेटवर्किङ्गको अवसर दिइन्छ।

4. अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सफलता

– विद्यार्थीहरूले अन्तर्राष्ट्रिय IT प्रतियोगिता (जस्तै ICPC, Google Code Jam, Hackathons) मा सहभागीता जितेका छन्।

5. नयाँ प्रविधिमा फोकस (Training Academy)

– डेभअप्स (DevOps), डाटा साइन्स, साइबरसुरक्षि, AI, क्लाउड कम्प्युटिंगजस्ता डिमान्डिंग कोर्सहरूसिकाइन्छ।

– Cisco, Microsoft, AWS जस्ता अन्तर्राष्ट्रिय प्रमाणपत्र (Certifications) को तालिम ।

Facebook Comments