घोराही । दाङको घोराही उपमहानगरपालिका- १६ स्थित राप्ती इञ्जिनियरिङ कलेजले शैक्षिकसत्र २०८२ देखि बिई इन्फर्मेसन एण्ड कम्युनिकेशन कार्यक्रम सञ्चालनमा ल्याएको छ । कलेजले बुधबार घोराहीमा पत्रकार सम्मेलनमार्फत नयाँ शैक्षिक कार्यक्रमको बारेमा जानकारी गराएको हो ।
कलेज अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले कलेजले शैक्षिक सत्र २०८२ देखि पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर ४ बिई इन्फर्मेसन एण्ड कम्युनिकेशन इञ्जिनियरिङ कार्यक्रम सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले यस कार्यक्रमले सूचना प्रविधि, इलेक्ट्रोनिक्स र दूरसञ्चार इञ्जिनियरिङका विविध पक्षहरूलाई समेट्ने जानकारी दिनुभयो । नवप्रवर्तन, औद्योगिक सहकार्य र व्यावहारिक शिक्षामा जोड दिँदै, यो कार्यक्रमले विद्याथीहरूलाई सूचना प्रविधि र सञ्चार क्षेत्रका चुनौतीहरू समाधान गर्न सक्ने दक्षता समेत प्रदान गर्ने उहाँले बताउनुभयो । प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मूल लक्ष्यका साथ राष्ट्र निर्माणका लागि दक्ष जनशक्ति उत्पादनको कार्यलाई टेवा पुऱ्याउने उद्देश्यले घोराहीमा २०६४ सालमा राप्ती इन्जिनियरिङ कलेजको स्थापना गरिएको उहाँको भनाइ थियो ।
निर्देशक डा. शैलेन्द्र गिरीले बिई इन्फर्मेसन एण्ड कम्युनिकेशनका लागि ४८ जनाको सिट संख्यामा भर्ना खुला गरिएको र त्यसमा ५ जनलाई छात्रवृत्ति दिइने व्यवस्था रहेको बताउनुभयो । उहाँका अनुसार बिबिए, बिसिए र बिई कम्प्युटरमा ४८/४८ जनाको भर्ना क्षमता रहेको र त्यसमा ५/५ जनालाई छात्रवृत्तिसम्बन्धी व्यवस्था रहेको छ । तस्तै बिई सिभिलमा ९६ जनाको भर्ना क्षमता रहेकोमा १० जनालाई छात्रवृत्ति दिइने व्यवस्था रहेको छ । कलेजले ब्याचलरतर्फ वार्षिक रुपमा ३० जना विद्यार्थीहरुलाई छात्रवृत्ति दिने गरेको उहाँले बताउनुभयो ।
“कलेजबाट उत्पादन भएका ८० प्रतिशत भन्दाबढी विद्यार्थीहरु रोजगारीमा जोडिएका छन् उहाँले भन्नुभयो यो कलेज सर्वसाधारणको सहज पहुँच पुग्नेगरी गुणस्तरयुक्त प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित एउटा महत्वपूर्ण कलेज हो। यस कलेजको स्थापनाले मुलुकको दक्ष जनशक्ति उत्पादनमा ठूलो टेवा पुगेको छ । भविष्यमा यस कलेजलाई एउटा मोडेल कलेजको रुपमा स्थापना गर्ने लक्ष्य लिइएको छ।´´
कलेज अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन कलेजका प्रिन्सिपल रेशम गिरीले गर्नुभएको थियो ।
यस्ता छन्, राप्ती इञ्जिनियरिङ कलेजका उपलब्धीहरु :
– कलेजले अन्तर्राष्ट्रिय स्तरको ISO 9001:2015 प्रमाण-पत्र प्राप्त गरेको छ। जसले गर्दा कलेजमा उत्पादित जनशक्तिले अन्तराष्ट्रिय बजारमा सहज रुपमा काम गर्न सजिलो भएको छ।
– संयुक्त अरब इमिरेट्स (UAE) को दुबईमा कलेज – – – – रिडर्सद्धारा आयोजित कार्यक्रममा उत्कृष्ट इन्जिनियरिङ कलेज अवार्ड-२०२२ प्राप्त ।
– जापानको टोकियोमा रहेको Everest International School र राप्ती इन्जिनियरिङ कलेज बीच समझदारी पत्रमा हस्ताक्षर ।
– विसिए पाचौ व्याचका छात्र आयुष श्रेष्ठ विश्वविद्यालय प्रथम भई Gold Medal प्राप्त, बिई सिभिल पहिलो व्याचका छात्र दिपक खड्का इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम भएका छन् ।
– यस कलेजका कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले सञ्चार तथा सूचना प्रविधिको विकास र विस्तारमा पुऱ्याएको योगदानको कदर गर्दै सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा आईसिटी एक्सिलेन्स आवार्ड २०२४ प्राप्त ।
– ICT एक्सिलेन्स एजुकेसन एण्ड इनोभेशन अवार्ड २०२४, अष्ट्रेलिया
– बेस्ट इञ्जिनियरिङ, आईटी र म्यानेजमेन्ट अवार्ड २०२४, काठमाण्डौं, नेपाल
– REC ह्याकायानमार्फत नवप्रवर्तन (टेक इनोभेशन) मा जोड
– लायन्स क्लव इन्टरनेशनलबाट यस कलेजमा लासन्स क्लव अफ राप्ती इन्जिनियरिङ र लियो क्लव अफ राप्ती इञ्जिनियरिङको मान्यता प्राप्त ।
– उच्च स्तरीय सूचना प्रविधि आयोजद्वारा स्थापित सूचना प्रविधि अनुसन्धान तथा विकास केन्द्र ।
– राप्ती इञ्जिनियरि कलेजद्धारा स्थापित रेक अनुसन्धान तथा विकास केन्द्रले अनुसन्धानको कार्यलाई अगाडि बढाई रहेको ।
– विद्यार्थीहरुको चौतर्फी विकासको लागि क्वालिटी सर्कल, सिभिल क्लव, स्पोर्ट क्लव, आईसिटी क्लवको स्थापना ।
– कलेजबाट उत्तीण भएका विद्यार्थीहरुको रोजगगारी व्यवस्थापन गर्नका लागि Job Placement को स्थापना ।
– ८० प्रतिशत भन्दाबढी विद्यार्थीहरु रोजगारीमा ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
