• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कक्षा १२ को भदौ २८ र २९ गते




घोराही । कक्षा १२ को ग्रेडवृद्धि परीक्षा भदौ २८ र २९ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालित १२ कक्षाको परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको हो ।

बोर्डले दुई विषयसम्म ननग्रेड हुने विद्यार्थी ग्रेडवृद्धिको परीक्षामा सहभागी हुन पाउने जनाएको छ । सैद्धान्तिकतर्फ अन्य सबै विषयमा ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा ननग्रेड प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित परीक्षार्थीले मौका परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।

बोर्डका अनुसार यस पटक ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए ।

यस वर्ष अङ्ग्रेजी, लेखा, सामाजिक र नेपालीमा धेरै विधार्थी फेल(ननग्रेड) भएको अध्यक्ष महाश्रम शर्माले बताए ।

Facebook Comments