घोराही । नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने औपचारिक निर्णय गरेको छ ।
यसअघि माओवादी केन्द्रले विभिन्न कम्युनिष्ट दलहरुसँग एकताका लागि जोड दिने नीति पारित गर्दै आएको भए पनि आज सकिएको स्थायी समिति बैठकले भने विप्लव नेकपासँग एकता गर्ने औपचारिक निर्णय नै गरेको हो ।
मंगलबार पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो जानकारी दिनुभएको हो ।
उहाँले वार्ता टोली बनाएर एकताको छलफल थाल्ने निर्णय भएको जानकारी दिनुभयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
