• १० माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अवधी सांस्कृतिक प्रतिष्ठानद्वारा बाँकेका दुई पत्रकार सम्मानित हुने




बाँके । बाँकेका दुई पत्रकार चन्द्रेश्वरराज त्रिपाठी र नन्दलाल साहूलाई अवधी सांस्कृतिक प्रतिष्ठानले सम्मानित गर्ने भएको छ।

अवधी भाषी समाज र पत्रकारिता क्षेत्रमा उनीहरूको योगदानको कदर गर्दै आज बिहीबार नेपालगञ्जमा हुने ५२८औं तुलसी जयन्ती तथा २६ औं अवधी महोत्सवको अवसरमा सम्मान गरिने आयोजकले जनाएको छ ।

अवधी सांस्कृतिक प्रतिष्ठान केन्द्रीय समिति, नेपालगञ्ज, बाँके (लुम्बिनी प्रदेश) ले आयोजना गर्ने उक्त कार्यक्रममा पत्रकारद्वयलाई कदरपत्र र नगद पुरस्कार प्रदान गरिने जनाईएको छ । महोत्सवमा सम्मान अर्पणसँगै पुस्तक विमोचन, लोकगीत गायन (महिला विशेष), बहुभाषिक काव्य गोष्ठी र विचार गोष्ठी जस्ता सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना हुनेछ ।

आयोजकका अनुसार यो कार्यक्रमले अवधी संस्कृति र भाषाको संरक्षण तथा प्रवद्र्धनमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ ।

Facebook Comments