अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत कर घोषणा गरेका छन्। सामाजिक संजाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् ट्रम्पले १ अगस्टदेखि लागू हुने गरी भारतबाट अमेरिका आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने बताएका बिबिसी हिन्दीले उल्लेख गरेको छ।
‘भारत हाम्रो मित्र हो, तर उसको उच्च करका कारण हामीले उसँग व्यापार कम गरेका छौँ,’ ट्रम्पले लेखेका छन्। रुसबाट ऊर्जा र हतियार खरिद गरेबापत भारतलाई थप जरिवानासमेत तिराउने ट्रम्पले प्रस्ट पारेका छन्।
‘उनीहरूले सधैं आफ्नो सैन्य उपकरणहरूको ठूलो हिस्सा रूसबाट खरिद गर्दै आएका छन्, र चीनसँगै रूसको ऊर्जाको सबैभन्दा ठूलो खरिदकर्ता पनि हुन्, यस्तो समयमा जब सबैजना रूसले युक्रेनमा हत्या बन्द गरोस् भन्ने चाहन्छन्,’ ट्रम्पले लेखेका छन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
