• ५ असार २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
१२ टोलको सुरक्षाका लागि घोराही १८ गिठेपानीमा साईरन जडान




घोराही: घोराही उपमहानगरपालिका वडा नम्बर १८ को कार्यालयले गिठेपानी क्षेत्रको १२ टोललाई सुरक्षित बनाउन साईरन जडान गरिदिएको छ । गिठपानी आधारभूत विद्यालयमा दुईवटा साईरन जडान गरेर १२ वटा टोललाई सुरक्षित गराउन थालिएको हो ।

१२ टोल विकास संस्थाका ४८ जना व्यक्तिहरुको मोवाईलमा साईरन बजाउने गरि नम्बर सेट गरिएको र कुनै पनि अपराधिक घटना भए त्यसको नियन्त्रणका लागि तथा सबैलाई जानकारी दिन मोवाईलबाटै साईरन बनाउने व्यवस्था गरिएको छ ।

१२ टोल विकास संस्थाका अध्यक्ष मातृका प्रसाद पाण्डेको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र वडा अध्यक्ष भरतमणि अर्यालको बिशिष्ट आतिथ्यतामा कार्यक्रम गरि साइरन सञ्चालनमा ल्याईएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले गाउँटोल सुरक्षा नागरिकहरुबाटै गर्नुपर्ने बताउनुभयो । कुनै पनि अपराधिक र विपदजन्य घटनाहरु हुन थाले तत्काल प्रहरीलाई खबर गर्ने र टोल बासिहरु पनि त्यसलाई नियन्त्रण गर्न तर्फ चनाखो बन्नुपर्नेमा जोड दिनुभयो ।

साईरनलाई सुरक्षा सँग जोडेर जडान गरिएको भन्दै उहाँले त्यसको दुरुपयोग हुने अबस्थामा विषेश ख्याल गर्न सुझाब दिनुभयो । वडा अध्यक्ष भरतमणि अर्यालले नागरिकहरुको सुरक्षालाई विषेश ध्यान दिएर साईरन जडान गरिएको बताउनुभयो । लागु औषध दुव्र्यसनी तथा चोरीका घटनाहरुलाई नियन्त्रण गरि १२ टोललाई सुरक्षित बनाउन साईरन जडानको सोच आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत विजय गौतम, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रामकुमार केसी, मसिना गाउँ सुरक्षा समितिका अध्यक्ष पूर्णबहादुर मल्ल, गाउँवेसी टोल विकास संस्थाका अध्यक्ष सोविलाल पुनले परिवार र गाउँ टोललाई सुरक्षित गराउने पहिलो दायित्व समुदायकै भएको बताउनुभयो ।

कालिका सामुदायिक वन समूहका अध्यक्ष यशोदा पाण्डेको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण मिलिजुली टोल विकास संस्थाका कोषाध्यक्ष ऋषि राज पाण्डेले गर्नुभएको थियो ।

Facebook Comments