• ३ चैत्र २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नाग पञ्चमी, गुरही र गुडिया पर्वमा दाङका तीन पालिकाद्वारा सार्वजनिक विदा




दाङ। दाङका तीन पालिकाले नाग पञ्चमी, गुरही र गुडिया पर्वका अवसरमा साउन आज १३ गते मंगलबार सार्वजनिक विदा दिएका छन् ।

लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले हिन्दू धर्मालम्बीहरूको नाग पञ्चमी, थारु समुदायको गुरही पर्व र मधेशी समुदायको गुडिया पर्वका अवसरमा आज मंगलवार सार्वजनिक विदा दिने निर्णय गरेका हुन।

पालिकाहरुले सोमवार सूचना प्रकाशित गर्दै नाग पञ्चमी, गुरही पर्व र गुडिया पर्वका अवसरमा आज सार्वजनिक विदा दिएका छन् । देउखुरी क्षेत्रमा थारु तथा यादव समुदायको बसोवास बढी रहेको र उक्त समुदायको पर्वका अवसरमा पालिकाले सार्वजनिक विदा दिएको पालिकाले जनाएका छन् ।

जिल्लामा दश वटा पालिका भएपनि अन्य पालिकाहरुले भने सार्वजनिक विदा दिएका छैनन् । देउखुरी क्षेत्रमा नाग पञ्चमीसँगै थारु समुदायले गुरही पर्व र मधेशी समुदायले गुडिया पर्व मनाउँदै आएका छन् ।

Facebook Comments