• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अमेरिकामा फेरि अर्को रूकुमेली सपनाको दुःखद अन्त्य




दाङ। अमेरिकामा उज्यालो भविष्यको सपना बोकेर पुगेका रूकुम पश्चिम वाफिकोट गाउँपालिका–३ का २० वर्षिय ओपेन्द्र बोहराको जीवन एक दुःखद सडक दुर्घटनामा समाप्त भएको छ।

अत्यन्तै मेहनती र आशावादी युवा बोहरा केही समयअघि मात्रै ग्रिन कार्ड स्वीकृत भएर नयाँ जीवन सुरु गर्ने तयारीमा थिए। तर नियतिको क्रुर खेलले उनको त्यो सपना अधुरो बनाउँदै अमेरीकाको सडकमा उनको जीवनको अन्त्य गरिदियो।

उनको असामयिक निधनले अमेरीकामा रहेका नेपाली समुदाय मात्र होइन, रूकुमका गाउँघरदेखि देश–विदेशमा रहेका आफन्त तथा मित्रजनलाई स्तब्ध बनाएको छ। सामाजिक सञ्जालमार्फत धेरैले दिवंगत बोहरा प्रती श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिरहेका छन्।

यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकमा डुबेका परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना सिस्ने अनलाइन परिवार व्यक्त गर्दछ।

Facebook Comments