घोराही । साउन महिनाको पहिलो सोमबारको अवसरमा दाङको घोराही–१८ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको अम्बिकेश्वरी मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरूको ठूलो भिड लागेको छ।
विशेषतः महिलाहरूको उल्लेख्य सहभागिता देखिएको थियो। हरियो पहिरनमा सजिएर आएकी उनीहरूले सोमबारे व्रत बसेर शिवको आराधना गरेका थिए। पवित्र मनोकांक्षाका साथ बेलपत्र, जल र प्रसाद अर्पण गर्दै उनीहरू पूजामा तल्लीन थिए।
साउन महिनामा विशेष गरी सोमबारका दिन अम्बिकेश्वरी मन्दिरमा मेला झैँ भीड लाग्ने गर्छ। यस दिन पूजाआजा गरेमा मनोकामना पूरा हुने जनविश्वास रहेको स्थानीयहरू बताउँछन्।
फोटो : हिमाल महरा


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
