• ६ माघ २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कलश सहकारीको वित्तीय विवरण सार्वजनिक : करिब डेढ अर्बको कारोबार, सबै सूचक सकारात्मक




हेमराज शर्मा

दाङ । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो एक वर्षमा करिव डेढ अर्ब बढीको आर्थिक कारोबार गरेको छ । आर्थिक वर्ष सकिनासाथ शुक्रबार संस्थाले सार्वजनिक गरेको प्रारम्भिक वार्षिक प्रगति प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा संस्थाले १ अर्ब ४९ करोड ३७ लाख १ हजार ८ सय १५ रूपैयाँ बराबरको कारोबार गरेको जनाएको छ ।

गत आर्थिक वर्षमा आर्थिक मन्दी हुँदाहुँदै पनि संस्थाले सबै सूचकहरूमा सकारात्मक प्रगति गरेको छ ।

कलश बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो एक वर्षमा बचत तथा ऋण कार्यक्रम तर्फ ३३ लाख ७८ हजार ५ सय ३४ र सहकारी पसल कार्यक्रम तर्फ १४ लाख ९८ हजार ४ सय १६ रुपैयाँ गरी जम्मा ४८ लाख ७६ हजार ९ सय ५० रूपैयाँ आयकरअघि मुनाफा आर्जन गरेको संस्थाका अध्यक्ष माधब खनालले जानकारी दिनुभयो ।

 

संस्थाले बचत संकलनमा समेत अघिल्लो आर्थिक वर्ष भन्दा करिव २२ प्रतिशतले वृद्धि गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०८०÷०८१ भन्दा गत आर्थिक बर्षमा ३ करोड ४ लाख ८० हजार ८ सय ९६ रूपैयाँ बढी बचत संकलन गरी १७ करोड ८ लाख ७५ हजार ९ सय २५ रूपैयाँ बचत संकलन गरेको हो ।

संस्थाले गत आर्थिक वर्षमा १३ करोड बढी रूपैयाँ ऋण लगानी गरेको छ ।

 

कलश सहकारीले पछिल्लो एक वर्षमा २२ प्रतिशत बढीले वासलातमा समेत वृद्धि गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा १७ करोड १४ लाख ५९ हजार ९ सय ४ रूपैयाँ वासलात रहेकोमा गत आर्थिक वर्षमा त्यो बढेर २० करोड ९९ लाख १६ हजार ३ सय २६ रूपैयाँ पुगेको कोषाध्यक्ष नवराज भण्डारीले जनाउनुभएको छ ।

 

गत माघ महिनामा सर्वोत्तम बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड दाङ र कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड घोराही बिच एकिकरण भई घोराही उप–महानगरपालिकाभर कार्यक्षेत्र रहेको कलश बचत तथा ऋण सहकारी संस्थामा गत आर्थिक वर्षमा ३५ प्रतिशत बढी शेयर सदस्य वृद्धि भएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ४५ जना शेयर सदस्य रहेकोमा गत आर्थिक वर्षमा १ हजार ४ सय १२ जना शेयर सदस्य पुगेको संस्थाका व्यवस्थापक प्रकाश अधिकारीले जनाउनुभएको छ ।

 

अधिकांश युवाहरूको सक्रियतामा संचालन भइरहेको संस्थाले आफ्ना शेयर सदस्यहरूलाई बचतमा आकर्षक ब्याज र ८ प्रतिशतमै ऋण लगानी गरिरहेको छ । साथै विभिन्न दैविप्रकोपहरूबाट पिडित सदस्यहरूलाई राहत प्रदान,विभिन्न सामुदायिक विद्यालय तथा संस्कृत पाठ्शालामा अक्षयकोष स्थापना,आर्थिक अवस्था कमजोर भएका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण, सदस्यहरूलाई दिर्घ रोगहरूको उपचार गर्नका लागि बिनाब्याज ऋण प्रदान, कमर्शियल बैंकहरूले प्रदान गर्ने सुविधा सरहको किस्तावन्दीमा ऋण उपलव्ध गराई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि युवाहरूलाई नियमित रुपमा तालिम तथा गोष्ठिका माध्यमबाट शसक्तिकरण गर्ने र सार्वजनिक स्थलहरुको सरसफाई कार्यक्रम ,रक्तदान कार्यक्रम लगाएत विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

 

संस्थामा आवद्ध रहेका शेयर सदस्यहरूको छोराछोरीहरूलाई समेत बचत गर्न अभ्यस्त बनाउने उद्धेश्यले दोब्बर भुक्तानी बाल बचत योजनामार्फत ४ सय ६ जना बालबालिकाहरूले नियमित रूपमा मासिक बचत गर्दै आइरहेका संस्थाका व्यवस्थापक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

संस्थामा पेन्सन बचत, उपदान बचत,स्मार्ट दिगो बचत,दोब्बर भुक्तानी बाल बचत,अनिवार्य मासिक बचत लगाएतका विशेष बचत कार्यक्रमहरू रहेका छन् । साथै संस्थाले आफ्ना सदस्यहरूलाई बचत तथा ऋण कारोबारको आधारमा प्राप्त हुने संरक्षित पुँजी फिर्ता कोषको रकम वार्षिक साधारणसभाका अवसरमा नगदै वितरण गर्दै आइरहेको छ ।

Facebook Comments