• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
वामदेव गौतम नेकपा एसमा समाहित




नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता भएको छ ।

काठमाडौंमा शुक्रबार नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियान एकता घोषणा सभा आयोजना गरी सो एकता घोषणा गरिएको हो ।

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अब समाजवाद निर्माणको चरणमा प्रवेश गर्नुपर्ने बताउनुभएको छ ।

गौतमले भन्नुभयो, “जब २०७५ सालमा हामीले पार्टी एकता गरेर नेकपा निर्माण ग¥यौं । म यति खुसी भएँ । मैले जुन सङ्कल्प लिएको थिएँ त्यो सङ्कल्प बमोजिम दुइटै प्राप्त भए । हामी समाजवाद निर्माणको चरणमा प्रवेश गर्नुपर्दछ । मेरो जीवनमा समाजवाद देख्न पाए र मैले नै निर्माण गरेर समाजवादी पद्दतिमा सामेल हुन पाएँ भने साँच्चिकै यो जीवन पूर्णरुपमा सफल भएको ठान्नेछु ।”

उहाँले आफू एक्लै नआएको ७५ सदस्यीय केन्द्रीय कमिटीको समर्थन बोकेर आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “म एक्लै आएको छैन आज । एक्लै आउँदा कहिल्यै पनि सफल भइनँ । चार वर्ष लाग्यो । म नेकपा एकता राष्ट्रिय अभियानको ७५ सदस्यीय केन्द्रीय कमिटीको समर्थन बोकेर आएको छु । एउटा प्रदेश कमिटीको पनि समर्थन बोकेर आएको छु । उपत्यकामा पनि एउटा कमिटी छ, त्यसको पनि नौ वटा जिल्ला कमिटी छन् । यी सबैको समर्थन बोकेर आएको छु ।”

Facebook Comments