रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१० स्थित नमुना वस्तीमा स्थानीयले श्रमदानमार्फत सडक मर्मत गरेका छन्।

लगातारको वर्षातका कारण सडक भत्किएर यातायात आवतजावतमा समस्या भएपछि स्थानीयहरू एकजुट भई सडक मर्मतमा जुटेका हुन्। नमुना वस्तीवासीले करिब एकदेखि डेढ किलोमिटर सडक मर्मत गरेको नमुना वस्ती युवा समूहका उपाध्यक्ष भूप प्रसाद परियारले जानकारी दिनुभयो।
उहाँका अनुसार वडा कार्यालयको पहल र युवा समूहको अग्रसरतामा गोरेटो बाटो तथा मुख्य सडक मर्मत गरिएको हो। साउनेपानी मुख्य सडकबाट सहिद कामी बुढा पार्कतर्फ जाने बाटोमा मर्मत कार्य भएको उपाध्यक्ष परियारले बताउनुभयो।
‘वडा भित्रको बाटो विग्रिएर आवतजावतमा समस्या भएपछि हामी सबै मिलेर श्रमदानमार्फत मर्मत गरेका हौं,’ उहाँले भन्नुभयो।

सडक मर्मत श्रमदानमा टोल विकास समितिका पदाधिकारी, नमुना वस्ती युवा समूहका पदाधिकारी र स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
