दाङ। महेन्द्र बहुमुखी क्याम्पस, दाङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा “वैदेशिक अध्ययन: रहर कि बाध्यता?” विषयक वादविवाद प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
प्रतियोगितामा मदन परियारले प्रथम स्थान हासिल गर्दै तीन हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ। चन्द्रप्रकाश नेपालीले द्वितीय स्थान प्राप्त गर्दै दुई हजार पाँच सय पचपन्न रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ। बन्धना न्यौपानेले तृतीय स्थान प्राप्त गर्दै दुई हजार पचपन्न रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ।
प्रतियोगितामा खुम रिजाल, रमेश खड्का, अनिल खत्री, धीरज पाण्डे, सुदन जिसी, मदन परियार, दीपक घर्ती मगर, बन्धना न्यौपाने र चन्द्रप्रकाश नेपालीले सहभागिता जनाउनुभएको थियो।

स्ववियु सभापति दिपेश डाँगीको अध्यक्षता तथा क्याम्पस प्रमुख नारायण पन्थीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त प्रतियोगिताको निर्णायक मण्डलमा प्राध्यापकहरू दिवाकर शर्मा, सुदीप गौतम र अम्बिका डाँगी रहनुभएको थियो।
स्ववियु सदस्य दीपक केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्ववियु सचिव सागर पण्डितले गर्नुभएको थियो।
स्ववियुले यस्तो कार्यक्रमले विद्यार्थीहरूमा समसामयिक विषयमा तर्क, विश्लेषण र सार्वजनिक प्रस्तुती दिने क्षमतामा अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै भविष्यमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिइने जानकारी गराएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
