• ४ चैत्र २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश




काठमाडौँ— नेपाली कला, साहित्य र राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू आज नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उहाँहरूलाई स्वागत गर्नुभएको छ।

माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा एमालेनिकट राष्ट्रिय जनसांस्कृतिक महासंघ, राष्ट्रिय परिषद् सदस्य चन्दु गोर्खाली, चलचित्र निर्माता तथा अभिनेता सुरेन्द्र बराल, कांग्रेस निकट लेखक तथा पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष ऋषिप्रसाद लामिछाने (गोर्खे साईंलो), चलचित्र कलाकार केशर विषी, भीमबहादुर मगर र एमालेका पूर्व निर्वाचित वडा अध्यक्ष तथा रामेछाप नगरपालिकाका नेता रहेका छन्।

अध्यक्ष प्रचण्डले नवप्रवेशीहरूलाई स्वागत गर्दै भन्नुभयो, “पार्टी तथा आन्दोलनमा स्वागत छ। अहिलेको परिवर्तन किन आयो भन्ने जनतालाई थाहा छ। यदि हामीले त्याग, समर्पण र संघर्ष नगरेका भए यो परिवर्तन सम्भव हुने थिएन। यो परिवर्तनलाई जनताको पक्षमा काम गर्नका लागि तपाईंहरूको पार्टी प्रवेशले थप योगदान दिनेछ।”

माओवादी केन्द्रको पहल र संघर्षका कारण स्थापित परिवर्तन सबैलाई थाहा भए पनि माओवादी र प्रचण्डको उचाइ बढ्छ भनेर केही व्यक्तिहरू त्यसविरुद्ध गतिविधि गर्दै आएको अध्यक्ष प्रचण्डले बताउनुभयो।

उहाँले थप्नुभयो, “केही व्यक्तिहरू माओवादी र प्रचण्डको उचाइ बढ्छ भनेर चिन्तित छन्। तर, हामीले तीन पटक सरकारको नेतृत्व गर्दा देशको ऐतिहासिक रूपान्तरणमा निर्णायक पहल गरेका छौं। हाम्रो संकल्प नेपाली समाजको नयाँ खाका कोर्नु हो, जुन माओवादीसँग मात्र सम्भव छ।”

संस्कृति र कलाको महत्वमाथि प्रकाश पार्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “प्रधानमन्त्री हुँदा मेरो नेतृत्वको सरकारले सांस्कृतिक क्षेत्रलाई टेवा पुर्‍याउने पहल गरेको थियो। संस्कृतिमा शक्ति हुन्छ भन्ने मान्यतामा आधारित भएर कलाकारहरूलाई पार्टीमा समायोजन गर्ने प्रक्रिया अघि बढाइएको हो। बदलिएको परिस्थितिमा फेरि पनि कलाकर्मीहरूलाई पार्टीमा जोड्नुपर्ने आवश्यकता महसुस गरिएको छ।”

कार्यक्रममा बोल्दै नवप्रवेशी ऋषिप्रसाद लामिछाने (गोर्खे साईंलो) ले भन्नुभयो, म २०२२ सालदेखि कांग्रेसमा क्रियाशील थिएँ। आन्दोलनका उतारचढाव देखेँ, तर कांग्रेसका पछिल्ला गतिविधि आत्मसात गर्न सकिनँ।

Facebook Comments