• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जन्मदिनमा विद्यार्थीलाई झोला र पोशाक वितरण




पवन पोखरेल

प्यूठान — माण्डवी माध्यमिक विद्यालयकी पूर्वविद्यार्थी बालिका रसालीले आफ्नो जन्मदिनको अवसरमा जेहेन्दार तथा विपन्न विद्यार्थीलाई झोला र पोशाक वितरण गरेर जन्मदिन फरक ढंगले मनाएकी छिन्।

आज साउने संक्रान्तिको दिन नयाँगाउँस्थित माण्डवी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी र उपाध्यक्ष पूर्णप्रसाद कालाथोकीको हातबाट विद्यार्थीलाई झोला तथा पोशाक वितरण गरिएको हो।

विद्यालयका १९ जना जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सहयोगका लागि झोला र पोशाक प्रदान गरिएको विद्यालयका शिक्षकले जानकारी दिएका छन्। आर्थिक अभावका कारण भाइबहिनीहरूलाई पढाइमा समस्या नहोस् भन्ने उद्देश्यसहित छोरीले विदेशबाट जन्मदिनमा सहयोग पठाएको विद्यार्थीकी आमा कमला रसालीले बताइन्।

प्यूठान माण्डवी गाउँपालिका–३ दारिमचौर स्थायी घर भई माण्डवी माध्यमिक विद्यालयबाट कम्प्युटर इन्जिनियरिङ अध्ययन सकेकी बालिका रसाली हाल अमेरिकास्थित Wright State University मा उच्च शिक्षामा अध्ययनरत छिन्।

Facebook Comments