श्रवण कुमार यादव
राजपुर। राजपुरकाे जन ज्योति माध्यमिक विद्यालय, राजपुर २ मटेरियाका विद्यार्थीहरूले पछिल्लो समय एउटा उदाहरणीय काम सुरु गरेका छन्। विद्यार्थीहरू आफैंले गोडमेल गर्दै, सिँचाइ गर्दै, माटो खनजोत, खादमल गर्दै करेसाबारीमा व्यस्त देखिन्छन्।
विद्यालय परिसरमै करेसाबारी बनाएर विद्यालयको खाली जमिन सदुपयोग गर्दै बालबालिकाहरूले आफ्नै हातले रोपाइँ, गोडमेल र स्याहार गर्दै ‘श्रमको सम्मान र आत्मनिर्भरताको अभ्यास’ सँगै आजको पुस्ताले कलमसँगै कोदालो समातिरहेको छ, शिक्षालाई व्यवहारसँग जोड्न खोजिरहेको छ, अनि आत्मनिर्भर भविष्यको सपना कोर्न सिकिरहेका छन्।
जिल्ला स्वास्थ्य कार्यालय घोराही दाङ र जन ज्योति माध्यमिक विद्यालयको आर्थिक सहयोगमा विद्यालय प्रशासनले खाली जमिनको सदुपयोग गर्दै साग, तरकारी, फूल लगायतका बालीहरू रोप्ने काम सुरु गरेको विद्यालयका प्रधानाध्यापक केशव राम यादवले बताउनुभयो। यस काममा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरू सक्रिय रूपमा संलग्न छन्।











सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
