• ५ असार २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
महाकालद्वारा चौपटाको मन्दिर र राजमार्गमा सरसफाई एवं फुल रोपण




घोराही । जय महाकाल युवा समूह घोराहीले घोराही–३ चौपटामा सरसफाई एवं फुल रोपण कार्य गरेको छ । चौपटास्थित श्री महामृत्युञ्जय गोरखनाथ धाम मन्दिर परिसर र घोराही–लमही सडक अन्गर्त चौपटा क्षेत्रमा महाकाल युवा समूहको टोलीले सरसफाई गर्नुका साथै मन्दिर परिसर र सडक छेउँमा फुल रोपण गरेको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं महाकाल युवा समूह घोराहीका सल्लाहकार सविन प्रियासनले फुल रोपण एवं सरसफाई गरेर कार्यक्रमको सुरुवात गर्नु भएको थियो । महाकाल युवा समूहले गएको हप्ता घोराही–७ उत्तरबाहिनीमा सरसफाई गरेको थियो । हरेक हप्ता सरसफाई अभियान कार्यक्रमको आयोजना गर्ने लक्ष्य महाकाल युवा समूहले बनाएको छ ।
जय महाकाल युवा समूह घोराहीले विगत २७ दिनदेखि घोराहीको गुम्राहचोकमा विहान साँझ बटुवाहरुलाई निशुल्क खाना खुवाई रहेको छ । जय महाकाल युवा समूह घोराहीका अध्यक्ष श्रीधर गिरी र सचिव केशव गिरीले महाकाल युवा समूहले सामाजिक उत्तरदायित्व वहन गर्ने सवालमा कार्य गरिरहेकाले साथसहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नु भएको छ ।

Facebook Comments