• ४ आश्विन २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
हर्दवा गाउँमा सिंचाइले ल्याएको खुशी, खेतीदेखि पुनर्निर्माणसम्म सहज




शिवु खनाल
देउखुरी। लमही नगरपालिका वडा नम्बर ९ हर्दवा निवासी आशा नेपालीले पाँच कठ्ठा जग्गामा व्यवासयिक रुपमा कागती खेती गर्न लागेको ९ वर्ष भयो । पाँच वर्षअघिसम्म हिउँदमा गाउँमा कागती खेती गर्न सिँचाइको समस्या थियो । गाउँमा सिँचाइ सुविधा पुगेपछि उहाँमात्र होइन, अधिकांश घरधुरीमा विभिन्न खेती गर्न सजिलो भएको छ । स्थानिय र गुप्ती सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा गुप्ती कृत्रिम पोखरीमा संकलित पानी सिँचाइको लागि गाउँमा पु¥याएपछि घरघरमा तरकारी खेती र बीउ उत्पादनको लहर चलेको छ । वर्खामा आकाशबाट पोखरीमा जम्मा भएको पोखरीको पानी ३ वटा पाइपको सहयोगमा गाउँमा प्रसस्त मात्रामा पु¥याइएको छ । २०७६ सालदेखि हर्दवाका स्थानियहरुले उक्त पोखरीमा संकलित पानी गाउँमा पु¥याएर सिंचाई गर्दै आएको गुप्ती सामुदायिक वन उपभोक्ता समूहका सचिव अमर कवर (नविन)ले बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘आजभोलि जहिले भने पनि बारीमा पानी लगाउन पाइन्छ । सिँचाइ सुविधा भएपछि उत्पादन पनि बढेको छ ।’ सिँचाइ आयोजनाको निर्माण २०६७ सालदेखि सुरु भएको हो । वर्षा याममा पानी सञ्चित गरी सुक्खायाममा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले सामुदायिक वनले गुप्ती सिँचाइ पोखरी निर्माण गरिएको छ ।

चुरेको फेदमुनी रहेको चार कुने चर जस्तो देखिने पोखरीलाई स्थानीय बासिन्दाले २०७६ सालमा सालमा स्तरोन्नति गरिएको स्थानीय सचिव (नविन)ले बताउनुभयो । उहाँका अनुसार पहिलाको कुलोबाट वर्षातको सिजनमा मात्र सिँचाइ गर्न सकिन्थ्यो । तर, पानी जम्मा गर्ने पोखरी नहुँदा हिउँदमा सिँचाइ गर्न समस्या थियो । हर्दवामा आठवर्षदेखि बाह्रै महिना सिँचाइ सुविधा पुगेको उहाँको भनाइ छ । कृषिको आधार सिँचाइ सुविधा भएकाले अहिले यहाँका किसानले व्यावसायिक मकै, धान, गहुँ, कागती, तोरी तथा बीउ उत्पादन गर्न थालेका छन् । अहिले हर्दवा गाउँमा तिनबाली खेती हुने गरेको छ । ‘वर्षायाममा सिँचाइ पोखरीमा पानी जम्मा गर्नुपर्दैन तर हिउँदमा राति पानी जम्मा गरेर दिउँसो कुलोमा छोड्ने गर्छौं, सचिव (नविन)ले भन्नुभयो,–। ‘यसले किसानलाई सजिलो भएको छ ।’ हिउँदको समयमा पानी अभावका कारण सुख्खा रहने करिब ४० विघा जमिनमा सिंचाई हुने गरी लमही नगरपालिका वडा नं. ९ हर्दवाका साना किसानका लागि अनुकुलन आयोजना अन्तर्गत वन क्षेत्रमा रहेको पोखरी थप व्यवस्थित बनाइदिएपछि स्थानियबासी दंग छन् । सिंचाई अभावका कारण हिउँदभर सुख्खा रहने हर्दवा गाउँमा अव भने बाह्रै महिना सिंचाई हुने भएको छ । पोखरी बनेपछि स्थानीयले राहतको महसुस गरेका छन् ।

बढ्दो औद्योगिकरण, वन विनास, अव्यस्थित सहरीकरण तथा प्रविधिको बढ्दो प्रयोगले वातावरणमा प्रभाव परेकाले पानीका मुहान सुक्ने र सिंचाई अभावमा जमिन बाझो रहने समस्या अब हर्दवाबासीले भोग्नु नपर्ने भएको हो । ‘पहिला सामान्य रुपमा दुख अनि धेरै मेहनत गरेर खेति गरिन्थ्यो, गुप्ती सामुदायिक वन उपभोक्ता समूहका सचिव अमर कवर (नविन)ले भन्नुभयो,–। ‘घरमा मुस्किलले खान पुग्ने तराकारी खेती गर्ने गर्दथ्यौ । अब व्यवसायीक खेति गर्दै आएका छौ ।’ पोखरीमा आकाशे पानी संकलन गर्ने योजनाका साथ काम अगाडी बढाईएको थियो । स्थानीय गुप्ती सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा निर्माण गरिएको गुप्ती पोखरी सिंचाई पोखरी निर्माण आयोजनाले हर्दवा गाउँका ५६ घरधुरी लाभान्वित हुने सचिव (नविन)ले बताउनुभयो । ‘सिंचाई पोखरी निर्माणले कृषकमा धेरै आशा जगाएको छ । सिंचाई पोखरीले हिउँदमा धेरै कृषकलाई लाभान्वित बनाउने छ ।’ उहाँले सरकार र स्थानीयबासीको समेत योगदान भएकाले यसको प्रयोग र संरक्षणमा पनि सबैको चासो उत्तिकै हुने विश्वास व्यक्त गर्दै, सामुदायिक वनले सुख्खा याममा पानीको उचित प्रयोग गरी सिंचित गर्ने र खाद्य तथा नगदे बाली उत्पादन बढाउने उद्देश्यका साथ सिंचाई पोखरी निर्माण गरेको हो ।

बाह्रै महिना सिंचाई हुने भएपछि तरकारी उत्पादनमा बृद्धि गर्ने कृषकको योजना छ । सडक, विद्युत पुगेपनि पर्याप्त सिंचाईका लागि पानी नहुँदा तरकारी तथा अन्य बस्तु आयात गर्नुपरेको र अब त्यसका कमी आउने स्थानीय बताउँछन् । एक किलोमिटर परको पोखरीबाट ल्याइएको पानी खेतमा झरेको छ, स्थानिय भुपबहादुर रेउले भन्नुभयो,–। ‘भिरमा कुलो बनाउन जान पनि सक्ने अवस्था थिएन, पाइप बिछ्याएर पानी आयो र गाउँको दैनिकी फेरिएको छ । पोखरीको पानी नै खेतमा आएको छ । सुख्खा बारी हरियाली भएको छ ।’ सिंचाइ सुविधा नहुदाँ आकाशे पानीको भरमा खेती गर्दै आएका किसानहरु अहिले बाह्रै महिना खेतवारीमा व्यस्त छन् । ‘पानी नभएर खेतियोग्य जमीन बाझो हुन्थ्यो, रेउले भन्नुभयो,–। ‘अहिले बारीमै पानी आउछ, खेत बाँझो रहनै पाएको छैन । सिजन अनुसारको तरकारी र खाद्य वाली लगाउने गरेका छौं।

Facebook Comments