• २८ असार २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
देउखुरी उद्योग वाणिज्य संघको टोलीलाई अर्घाखाँचीमा भव्य स्वागत




शिवु खनाल
अर्घाखाँची। अटल माइन्स एण्ड मिनरल्स प्रालि अर्घाखाँचीले देउखुरी उद्योग बाणिज्य संघ देउखुरी उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई अटल माइन्स एण्ड मिनरल्स प्रालि अर्घाखाँचीले भव्य स्वागत गरिएको छ ।

एकदिने संस्थागत भ्रमणमा निस्किएको देउखुरी उद्योग बाणिज्य संघको टोलीलाई शनिवार अटल माइन्स एण्ड मिनरल्स प्रालि अर्घाखाँचीमा स्वागत गरिएको हो ।

त्यस क्रममा व्यवसायीका समस्या उठान गर्दै समाधानका लागि सामुहिक प्रयासमा जोड दिइको छ । कार्यक्रममा देउखुरी उद्योग वाणिज्य संघको टोलीलाई स्वागत गर्दै अटल माइन्स एण्ड मिनरल्स प्रालि अर्घाखाँचीका संचालक नवाफ अलिले सन्धिखर्ककाे औद्योगिक तथा व्यवसायिक विकासमा उद्योग वाणिज्य संघको उल्लेखनीय योगदान रहने विश्वास व्यक्त गर्नुभयाे । उहाँले सन्धिखर्कमा कोही लगानी गर्न चाहेमा सहजिकरण गरिदिने पनि बताउनुभयो।

त्यस अवसरमा देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीले अटल माइन्स एण्ड मिनरल्स प्रालि अर्घाखाँचीका परिवारलाई देउखुरीमा आएर उद्योग व्यवसायीमा लगानी गर्न निम्ता दिएको छ । उहाँले लगानीकर्ता उद्योगी व्यवसायीलाई देउखुरीमा आएर उद्योग व्यवसाय गर्न आग्रह गर्दै, उद्योगमा लगानी गर्न आउने लगानीकर्तालाई देउखुरी उद्योग वाणिज्य संघले स्वागत सहित सहजिकरण गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष चुरा बहादुर केसीले द्विपक्षीय सम्बन्ध मजबुत बनाउन अटल माइन्स एण्ड मिनरल्स प्रालिले पुर्‍याएको योगदानप्रति आभार व्यक्त गर्नुभयाे । उहाँले दीर्घकालीन प्रगतिका लागि दिगो सहकार्य, सांस्कृतिक आदानप्रदान, र निजी क्षेत्रको संलग्नताको महत्त्वमा जोड दिनुभयाे ।

त्यसैगरी कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्रीधर महत्राले सन्धिखर्क र उद्योगबीचको व्यापार, संवाद, र रणनीतिक साझेदारीलाई निरन्तर प्रवर्द्धन गर्दै जाने प्रतिबद्धतासहित अघि बढ्ने बताउनुभयो ।

अटल माइन्स एण्ड मिनरल्स प्रालि अर्घाखाँचीका अध्यक्ष बग्रंदास नागलियाकाे अध्यक्षता एवम् देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष केशवराज पाेख्रेल, पत्रकार राधेश्याम गुप्ता लगायतले बाेल्नु भएको थियोे ।

अटल माइन्स एण्ड मिनरल्स प्रालि अर्घाखाँचीका संचालक नवाफ अलिकाे स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमकाे सहजिकरण अटल माइन्स एण्ड मिनरल्स प्रालि अर्घाखाँचीका सदस्य हरि थापाले गर्नुभएको थियो।

Facebook Comments