• २८ असार २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
स्पान नेशनल कलेजका चौथो बर्षपूरा गरेका विद्यार्थी बिदाइ




दाङ  । स्पान नेसनल कलेज प्रालि द्वारा संचालित भीएन क्याम्पसबाट चौथो वर्ष पूरा गरेका विद्यार्थीलाई आज एक कार्यक्रमको आयोजना गरि बिदाइ गरिएको छ ।

शिक्षक विद्यार्थी समन्वय समितिका अध्यक्ष पुस्पा डिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ दाङका अध्यक्ष सन्तोष सुवेदीले बि एड चौथो बर्ष पुरा गरेका विद्यार्थीले विद्यालय शिक्षा पूरा गरेर उज्ज्वल भबिस्यका लागी अगाडि बढेको बताउनुभयो । मानिसका क्रियाकलापले समाजमा स्थापीत हुन सहज हुने भएकाले सकारात्मक काममा लाग्न आग्रह गर्नुभयो । आजका युवाले समाजलाई सही मार्गमा डोर्‍याउनुपर्ने बताउनुभयो ।

क्याम्प प्रमुख मदन सुवेदीले विद्यार्थीले आफ्नो सीप अरुलाइ हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । स्पान क्याम्पसका प्रबन्ध निर्देशक निशान्त आचार्यले स्पान क्याम्पसमा पढेका विद्यार्थीहरु विभिन्न स्थानमा रोजगारीमा लागीसकेको बताउनुभयो ।
स्पान क्याम्पसका अध्यक्ष प्रकाश देबकोटाले उच्च शिक्षा पछि बिदेशको सपना देख्न नहुने र स्वदेशमै रोजगारी गर्नुपर्ने बताउनुभयो ।

क्याम्पसका उप प्राध्यापक शरदकुमार आचार्यले स्पान कलेजले किताबी ज्ञान मात्रै नदियर सामाजिक र व्यावहारिक ज्ञान पनि दिएको बताउनुभयो । विद्यार्थीले आफुले सिकेको ज्ञानलाई ब्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो ।
पूर्व विद्यार्थी दिपा चौधरी, छबी न्यौपाने लगायतले मन्तव्य राख्नु भएको थियोे ।
सपना थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पूर्व विद्यार्थी लोकेन्द्र रिजालले गर्नुभएको थियोे । विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।।

Facebook Comments