रुकुम पश्चिम। प्रेस सेन्टर नेपाल, आठबीसकोट नगरसमिति, रुकुम पश्चिमको तेस्रो पालिका अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले इतिहास परियारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
नवगठित समितिको उपाध्यक्षमा सुवास बटाला, सचिवमा सन्तोष केसी, सह-सचिवमा रमेश केसी, कोषाध्यक्षमा विमला चन्द चयन भएका छन्। त्यस्तै सदस्यहरूमा भगवती थापा, गोबिन्द बुढा, सन्तोष शिर्पाली, आशा विक, रेश्मा विक र मणिकर्ण बुढा निर्वाचित भएका छन्। अधिवेशनले महेश मल्ललाई सल्लाहकारका रूपमा मनोनीत गरेको छ।

अधिवेशनपश्चात प्रेस सेन्टरका विभिन्न तहका नेतृत्व, स्थानीय पत्रकारहरू तथा शुभेच्छुकहरूले नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
