• २८ असार २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुली गाउँपालिकाले गर्यो कृषकलाई मुर्राराँगो वितरण




कमिरेचौर। दाङको बंगलाचुली गाउँपालिकाले नस्ल सुधार कार्यक्रम अन्तर्गत लागत साझेदारीमा कृषकहरूलाई मुर्राजातका वेलन राँगो वितरण गरेको छ।

बंगलाचुली गाउँपालिका–८ स्थित स्वामीघाटको जनहित कृषक समूह र गोठीवनको कस्तुरी कृषक समूहलाई भारतको हरियाणाबाट ल्याइएका मुर्राराँगो वितरण गरिएको हो। गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरको उपस्थितिमा आज आयोजित कार्यक्रममा राँगोहरू कृषक समूहको जिम्मामा हस्तान्तरण गरिएको हो।

राँगो खरिदका लागि गाउँपालिकाले ५० प्रतिशत (दुई लाख रुपैयाँ) तथा कृषक समूहहरूले ५० प्रतिशत (दुई लाख रुपैयाँ) लागत व्यहोरेका थिए। प्रति मुर्राराँगो दुई लाख रुपैयाँ पर्ने जानकारी गाउँपालिका पशु सेवा शाखाका पशु स्वास्थ्य अधिकृत माधव भट्टराईले दिनुभयो।

राँगो वितरण कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष झविन्द्र बहादुर गाहा मगर, पशु सेवा शाखा प्रमुख माधव भट्टराई, सहायक कम्प्युटर अपरेटर प्रेम बहादुर डाँगीलगायतको उपस्थिति रहेको थियो। गाउँपालिकाले आगामी दिनमा पनि कृषकको उत्पादनशक्ति अभिवृद्धिका लागि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने जनाएको छ।

Facebook Comments