दाङ। वर्षा याममा उत्पन्न हुने बाढी, पहिरो लगायतका सम्भावित विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्न नेकपा (माओवादी केन्द्र) ले मातहतका सबै समिति, जनवर्ग संगठन (जबस) र मोर्चालाई उद्धार संयन्त्र निर्माण गर्न निर्देशन दिएको छ।
पार्टीको विपद् व्यवस्थापन विभागको सिफारिसअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा महासचिव देव गुरुङले बुधबार परिपत्र जारी गर्दै तत्काल चार बुँदे कार्यान्वयनमा जुट्न आग्रह गरेका हुन्।
परिपत्रमा उल्लेख गरिएअनुसार, पार्टीले प्रदेश, जिल्ला र पालिकास्तरसम्म विपद् व्यवस्थापन विभाग गठन गर्ने, केन्द्रदेखि जिल्लासम्म पार्टी नेतृत्वमा स्वयंसेवक परिचालन संयन्त्र निर्माण गर्ने, पार्टी समिति, वाईसियल र जबस–मोर्चामार्फत स्वयंसेवक टोली बनाउने र तिनका लागि आवश्यक तालिम, लजिस्टिक तथा सामग्री आपूर्ति सुनिश्चित गर्ने कार्यका लागि निर्देशन दिइएको छ।
पार्टीले यो तयारी विपद् व्यवस्थापनमा गम्भीरतापूर्वक संलग्न हुने प्रतिबद्धता स्वरूप लिएको जनाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
