घोराही। सहिद स्मृति पर्यटकीय पार्क, घोराही–१७ बर्गदीमा बिहीवार वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम दोन्दपीडित सञ्जाल दाङका अध्यक्ष प्रकाश चौधरीको अध्यक्षता र नेपाल बार एशोसिएसन जिल्ला बार इकाई दाङकी अध्यक्ष अधिवक्ता गोमा महराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
वृक्षरोपणमा अबिकेश्वरी सब–डिभिजन कार्यालयले सहयोग गरेको गुल्मोहोर, मसला, टिक र किरिसका बिरुवा रोपिएको थियो। सहिद परिवार तथा माओवादी केन्द्र घोराहीका सहसचिव रेमता पुनले आफैं बिरुवा ल्याई रोप्नु भएको थियो।
कार्यक्रममा सहिद सोङ्रा चौधरीकी श्रीमती पुन्याले स्वागत गर्नुभएको थियो भने सहिद प्रसादुका छोरा छल्लु चौधरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
