दाङ। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यको जन्मदिन खेतमै मनाइएको छ।
घोराही उपमहानगरपालिका–१७, क्वाडीमा आयोजित सामूहिक धान रोपाइँ कार्यक्रममा सहभागी हुँदै प्रेस सेन्टर दाङ र अनेमसंघ (क्रान्तिकारी) दाङले जन्मदिन विशेष रूपमा खेतमै मनाएका हुन्।

धान रोपाइँ कार्यक्रममा अनेमसंघ क्रान्तिकारी र प्रेस सेन्टर दाङका नेतृत्त्वदायी भूमिका रहेको थियो। कार्यक्रममा नेकपाका नेता, अनेमसंघका सदस्यहरू, स्थानीयवासी तथा सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति थियो। पत्रकार महासंघ दाङका सचिव सविन प्रियासनले पनि रोपाइँमा सहभागिता जनाएका थिए।
कार्यक्रममा सहभागीहरूले आचार्यलाई खेतमै शुभकामना दिँदै फूलमालाले स्वागत गरेका थिए।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
