• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङका प्रमुख धार्मिक तथा पर्यटकीय स्थललाई डस्टविन हस्तान्तरण 




घोराही । घोराही- १४ झिंगौरास्थित अम्बिकेश्वरी क्याम्पसले दाङका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलमा डस्टविन हस्तान्तरण गरेको छ । क्याम्पसले सोसल क्लबमार्फत आइतबार बिहान दाङका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलमा पुगेर डस्टविन हस्तान्तरण गरेको हो ।
क्याम्पसका क्याम्पस प्रमुख चन्द्रप्रकाश खनालको नेतृत्व तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनको विशेष उपस्थितिमा घोराही-१३ मा रहेको बाह्रकुने दह, घोराही-१८ मा रहेको – अम्बिकेश्वरी मन्दिर, घोराही-५ धारापानी पाण्डेवश्वर महादेव मन्दिर र तुलसीपुर चोकमा रहेको प्रहरी विटलाई डस्टविन हस्तान्तरण गरिएको थियो ।

सरसफाइ विकासको पहिलो प्राथमिकता भएको हुँदा क्याम्पसको सोसल क्लबमार्फत घोराहीका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलमा डस्टविन हस्तान्तरण गरिएको क्याम्पस प्रमुख चन्द्रप्रकाश खनालले बताउनुभयो । उहाँले विगत वर्षदेखि नै क्याम्पसले सरसफाइ तथा वातावरण संरक्षणका लागि सामाजिक कार्य गर्दै आइरहेको र यो वर्षपनि त्यो कामलाई निरन्तरता दिँदै घोराहीम रहेका बाह्रकुने दह, अम्बिकेश्वरी मन्दिर,  धारापानी पाण्डेवश्वरी मन्दिर र तुलसीपुर चोकमा रहेको प्रहरी विटलाई डस्टविन हस्तान्तरण गरेको जानकारी दिनुभयो । धार्मिक तथा पर्यटकीय क्षेत्रमा दैनिक रुपमा आन्तरिक तथा बाह्य पर्यटकहरुको भिडभाड  बढ्ने र त्यो क्षेत्रको परिसरमा फोहोर हुने भएको हुँदा त्यस्ता क्षेत्रलाई सफा र राम्रो बनाउनको लागि डस्टविन सहयोग गरेको उहाँको भनाइ थियो ।

यस अम्बिकेश्वरी क्याम्पसले शैक्षिक गतिविधिसँगै सामाजिक कार्यअन्तर्गत सरसफाइ क्षेत्रमा अग्रसरता देखाउँदै आएको नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले बताउनुभयो । उहाँले यो क्याम्पसले विगतका वर्षदेखि सामाजिक कार्य गर्दै आइरहेको र दाङका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरुमा डस्टविन सहयोग गरेर उदाहरणीय काम गरेको बताउनुभयो । `गाउँ र शहरलाई सफा र स्वच्छ बनाउनका लागि सरसफाइ र वातावरण संरक्षणमा ध्यानदिनुपर्ने भन्दै अब हरेक क्षेत्रले सरसफाइ तथा वातावरण संरक्षणको बारेमा  जिम्मेवारी बहन गर्नुपर्छ´, उहाँले भन्नुभयो ।   दाङ जिल्लालाई आइटी क्षेत्रको हव बनाउन सफल र उत्कृष्ट अम्बिकेश्वरी क्यापसले  देशलाई आवश्यक पर्ने दक्ष र क्षमतावान जनशक्ति उत्पादन गर्दै आइरहेको उहाँले बताउनुभयो ।

त्यसैगरी अम्बिकेशरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रासद अधिकारी, पाण्डेवश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारी र बाह्रकुने दह मन्दिर व्यवस्थापन समितिका सदस्यले अम्बिकेश्वरी क्याम्पसलाई धन्यवाद दिँदै यो सरसफाइ अभियान अन्तर्गतको कार्यले थोरै भएपनि सरसफाइ क्षेत्रलाई टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

डस्टविन हस्तान्तरण कार्यक्रममा क्याम्पसका डाक्टर वसन्तप्रसाद रिजाल, प्राध्यापक नवराज वस्यल, प्रदीप लम्साल, नरेन्द्र बञ्जाडे, क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो । त्यस्तै क्याम्पसले राष्ट्रिय धान दिवसको अवसरमा क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुलाई दही चिउरा खुवाएको छ ।

२०६९ सालमा स्थापना भएको यस क्याम्पसले आइटीका कार्यक्रमहरु सञ्चालन गर्दै आफ्नो शैक्षिक गतिविधिलाई उत्कृष्ट  बनाउँदै अगाडि बढेको छ । क्याम्पसमा हालसम्म बिसिए, बिआइम, बिएसस्सी, सिएसआइटी र एमबिएका कार्यक्रम सञ्चालनमा रहेका छन् । क्याम्पसबाट उत्पादन भएका दक्ष जनशक्तिहरु सरकारी तथा गैर सरकारी संस्थाहरूमा कार्यरत रहेका छन् । क्याम्पसले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बजारमा टिक्ने र बिक्न सक्ने क्षमता भएका दक्ष  जनशक्ति उत्पादनलाई विशेष जोडदिँदै आएको छ ।

Facebook Comments