दाङ । नेपाली संगीतजगतमा आफ्नो छुट्टै स्थान बनाउन सफल चर्चित गायिका रिता के.सी. को स्वरमा सजिएको नयाँ गीत “मर्दैन माया” हालै सार्वजनिक भएको छ। रिता के.सी. अफिसियल युट्युब च्यानलमार्फत ६ दिनअघि सार्वजनिक गरिएको उक्त गीतले छोटो समयमै उल्लेखनीय चर्चा बटुलिरहेको छ।
संगीत, एरेञ्जमेन्ट, मिक्सिङ तथा मास्टरिङको सम्पूर्ण जिम्मेवारी पवन रानाभाट ले सम्हालेका छन्। पवनको संगीतले गीतलाई नयाँ स्वाद दिएको छ भने गीतका शब्दहरू झलक भट्ट ले कलात्मक रुपमा रचेका छन्। झलकका शब्दहरूले गीतलाई गहिराइ र भावनात्मक उचाइ प्रदान गरेका छन्।
भिडियोतर्फ, गायिका के.सी.सँगै विक्रम बुढाथोकी को आकर्षक अभिनय देख्न पाइन्छ। गीतको भिडियोको छायांकन तथा निर्देशन राम कुमार के।सी। को रहेको छ। उनले दृश्यात्मक सौन्दर्य र कथा निर्वाहलाई सशक्त रूपमा प्रस्तुत गरेका छन्। भिडियोमा श्रृङ्गार पक्षको जिम्मेवारी यमुना पाण्डे ले सम्हालेकी छन्, जसले भिडियोको कलात्मकता थप उजागर गरेको छ।
संगीत यात्रामा सयौं गीतमा आफ्नो सुमधुर स्वर दिइसकेकी गायिका के.सी. पछिल्ला वर्षहरूमा भिडियो अभिनयतर्फ पनि सक्रिय देखिन्छिन्। उनी भन्छिन्, “दर्शक र श्रोताको चाहना नै मेरो लागि प्रेरणा हो। त्यसैले केही गीतमा आफैं अभिनय गर्ने निर्णय गरेको हुँ।”
रिता के.सी. को गायनमा रहेको मिठास, अभिनयमा आएको आत्मविश्वास र भिडियो निर्माण टोलीको मेहनतले “मर्दैन माया” लाई अझै विशेष बनाएको छ। गीतको लय, शब्द, र भिडियोको प्रस्तुति सबै पक्षले श्रोताहरू र दर्शकहरूलाई आकर्षित गरिरहेको छ।
सार्वजनिक भएको छोटो समयमा नै गीतले युट्युबमा उत्साहजनक भ्यूज बटुल्दै गएको छ, जसले गायिकाके.सी.को लोकप्रियता र संगीत क्षेत्रमा उनीप्रतिको विश्वासलाई अझ सुदृढ बनाएको देखिन्छ। “मर्दैन माया” ले उनीभित्रको बहुपक्षीय प्रतिभालाई पुनः एक पटक उजागर गरेको छ र नेपाली संगीत उद्योगलाई नयाँ उत्साह दिएको छ।
भिडियो

फोटोग्राफीमा दक्ष महरा सिस्ने अनलाइनका फोटो पत्रकार हुनुहुन्छ ।

