• २८ असार २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
एनपिएल २ः लुम्बिनीमा रोहितसहित ६ खेलाडी रिटेन




नेपाल प्रियिमर लिग सिजन २ का लागि लुम्बिनी लायन्सद्वारा मार्की खेलाडी रोहित पौडेलसहित ६ खेलाडीलाई रिटेन गरेको छ ।

लुम्बिनीले रोहितसहित विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेक गौतमलाई टिममा रिटेन (कायमै) गरेको छ ।

सूर्य तामाङ, अर्जुन साउद, दुर्गेश गुप्ता, आशुतोष घिरैया, विकास अग्री र आरिफ खानलाई रिलिज गरिएको लुम्बिनीले जनाएको छ ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले सम्पूर्ण खेलाडीलाई विशेष धन्यवाद दिँदै एपीएलको यात्रामा उनीहरूको योगदान अमूल्य रहेको र सधैं परिवारको हिस्सा रहिरहने बताए ।

लुम्बिनी लायन्स ‘गर्वको गर्जन’ लाई अझ बुलन्द बनाउँदै अघि बढिरहेकाले नयाँ सिजनमा थप उत्साहका लागि समर्थकको निरन्तर साथ र माया अपेक्षाको अपेक्षा गरिएको जीसीले विज्ञप्तिमार्फत जनाएका छन् ।

Facebook Comments