• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
उद्योग व्यापार महासङ्घद्वारा राष्ट्रिय अनुसन्धान विभाग दाङका प्रमुखलाई स्वागत




घोराही । नेपाल उद्योग व्यापार महासङ्घ घोराहीले भर्खरै सरुवा भएर आउनुभएका राष्ट्रिय अनुसन्धान विभाग दाङका प्रमुख ओम खड्कालाई स्वागत गरेको छ।

अध्यक्ष महेन्द्र बुढाथोकीको अध्यक्षता एवं महासङ्घका केन्द्रीय सदस्य मीनराज भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उहाँलाई स्वागत गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि भण्डारी, सम्मानित व्यक्तित्व ओम खड्का, महासङ्घका पूर्व केन्द्रीय सदस्य नरबहादुर अधिकारी, दाङ उद्योग वाणिज्य संघका सदस्य रामप्रसाद पोख्रेल, पत्रकार नरेन्द्र केसी र महासङ्घ तुलसीपुरका अध्यक्ष वेदप्रसाद ओलीले बोल्नुभएको थियो।

महासङ्घ घोराहीका उपाध्यक्ष शालिकराम आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सञ्चालन महासङ्घ घोराहीका महासचिव विकास ओलीले गर्नुभएको थियो।

Facebook Comments